
🏵️🌸🌺🏵️🌺🌸🏵️
हे नाथ ! यो पतितको अपराध बिर्सी;
पक्रि लगाम तल खस्न नदेउ बिन्ती
जो पर्छ दु:ख यसमा स्वपना
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१।।
संसारका मरणको भयले डराइ;
घुम्दा अहो ! अभय स्थान कतै नपाई
आएँ प्रभु चरणमा अब स्थान देउ;
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२।।
पोल्यो कडा विषय वैभवले मलाई;
पाइन्न आश्रय कतै तिर हाई हाई
चर्कि रहेछ मन भित्र कठोर घाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३।।
इर्ष्यादी रन्जित कडा कटु शब्द मात्र
सुन्दो भए वचन जर्जर जिर्ण गात्र
आनन्द प्रेम बहने मुरली बजाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४।।
ती कामिनी कनकमा मन यो भुलेर;
धेरै गरे अधम कर्म अहो बुझेर
यो उग्र पापहरु बाट हरे बचाउ ।
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।५।।
हे नाथ ! माधव ! म आज भई बिनम्र;
श्रीपाद् पद्म रस चुम्न भएर ब्याग्र
गर्छु प्रभु चरणमा अति बिन्ती भाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।६।।
माता पिता सुत कलत्र र इष्ट मित्र;
भन्दै हिडे म तर शान्ति मिलेन मित्र
लौ लौ जले जलन यो मनको छुटाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।७।।
संसारका विषय चैनविषे मलाई;
आशा छदै छ अझ हा ! अति दुखदाय
के बाट छुट्छ सब यो अब ता छुटाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।८।।
यो देह पोस्न कन जीव अनेक मारी;
खाए प्रभो हृदयमा अधिकै रमाई
लौ के गरु म त डुबें अब सिघ्र आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।९।।
ठूलो भनुन् सकल यो जगले मलाई;
भन्ने बिचार मन भित्र लिएर हाई
हिड्छु प्रभु अब घमण्ड सबै भुल्याऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१०।।
चाहिन्न नाथ ! अब यी अति दुखदायी;
आगार स्त्री सुहृद बन्धुर मान आदि
यै बिन्ती गर्छु अब यो बखडा छुटाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।११।।
यो अन्धकारमय कूप सरी जगत्मा;
खस्ने म दीन टुहुरो कन हेपरात्मा
पकरेर हात अब माथी उचाल आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१२।।
मेरो पिता र जननी पति दाजु भ्राता;
आत्मा कलत्र सुत बान्धव आदिनाता
हौ नाथ नै सब प्रभो ! अब ओत देऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१३।।
पैसा तथा बिषयमा अति भक्ति साथ;
खोजेप्रभो ! तदपि पाईन शान्ति आज
केमा छ नित्य सुख शान्ति हरे बताउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१४।।
यो विश्वमा म सम अन्य अगोर पापी;
छैनन प्रभो पतितमा शुभ दृष्टि राखी
आफ्नो सुनाम अब सार्थकता गराउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१५।।
यस्तो अमुल्यतन यो नरदेह पाई;
केही भएन उपकार म बाट हाई
हा खालि भार क्षितिको म भए उठाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१६।।
दुखी समाजहरुको दुखको गठेली;
छोएर अश्रुकण पुछ्न सकीन केही
के हुन्छ हा ! शुभ मबाट भएछु झ्याउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१७।।
दुखी समाजहरुको दलमा गएर;
साथै बसी नयन अश्रु पुछीदिएर
आपद् बराबर बिचार हुने गराऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१८।।
दुष्कर्मबाट हट है हट भन्छ चित्त;
यो वासना तर त्यतैतिर लान्छ नित्री
मेरो त लाग्दछ र के अब लौन आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।१९।।
तिम्रो सफा सुखद चिन्तन आई छाडी;
यो लोकको दुखद चैनमहाँ रमाई
बिर्से स्वरूप सुख चेतनता दिलाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२०।।
चाहिन्न नाथ ! अब यी अति दुखदायी;
नाता कुटुम्बहरू औ धन धान्य आदि
यौटा छ पद्मपदको रस चुस्न दाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२१।।
दुखी दरिद्रहरुलाई सकौं म गर्न;
सेवा अनेक बिधिले अनि हर्ष पार्न
इच्छा छ यै हृदयमा अब लौ पुर्याउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२२।।
तिम्रो सफा कुसुम तुल्य पदाअविन्द;
छाडी म हुन्न प्रभो ! स्वर्गविशे सुरेन्द्र
तस्मात् सरोजपदमा पद दी बसाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२३।।
देखौ म दिनहरुका संग नाथलाई;
सेवा गरुँ म तिनको बहुतै रमाई
पाउं यही वर म गर्दछु बिन्ती भाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२४।।
हुं नीच भो दुखद कर्म सदा म बाट;
भुलेर या बिवश भै बिच मोह बाट
आउन्न होश अझ लौ नपसे बचाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२५।।
आशाक्ती यो बिषय देखि खिचेर नाथ;
लागौं सधैं भजनमा अति प्रीति साथ
तिम्रो पवित्र पदमा मन यो रमाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२६।।
सेवा दरिद्रहरुको कसरी गरुँ म;
भन्ने भएन कहिल्यै मन भित लौन
के बाट हुन्छ प्रभु यो अब लौ गराऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२७।।
चाह्न्न निर्गूण अचुन्त्य स्वरूप नाथ;
चाहन्छु गालि म त गोकुल गोपसाथ
खेल्ने अपूर्व शुभ सुन्दर रूप आज
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२८।।
पाकीरहेछ चिर संचित पाप घाऊ;
आएर दरद लौन निको गराऊ
छैनन् तिमी सदृश वैद्य बनी दयालु
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।२९।।
आफ्ना सरोज पदका नखकान्ति द्वारा;
बिद्ध्वंस पार चिरसन्चित पाप सारा
यो शोक शुष्क मनमा अरू छैन दाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३०।।
बातै पिछे अति घमण्ड गरि मुरारी;
आफ्नै कुराहरू सदा अति माथी पारी
बोल्छु प्रभो! अब घमण्ड सबै धुल्याउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३१।।
लौ गर्व क्रोध अब गर्दिन भन्छ चित्त;
मौका परे तर अगाडी त सर्छ झट्ट
लौ रोक्न सक्तिन म ता अब पक्ड बाहु
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३२।।
यो चित्तमा छ प्रभु पाप प्रचण्ड शेष;
आई सदैव यसमा बस गोकुलेस
दब्दैन यो प्रभु नभै यस निम्ति आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३३।।
क्यै छैन नाथ ! संगमा प्रभु योग्यचीज;
टक्र्याउँछु तदपि यो उपहार जीव
लेउ र स्वच्छ पदमा स्थाल दी बसाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३४।।
भक्तादिमा अभय दान दिने गुलाफी;
लामा सफा कमल तुल्य स्वबाहुलाई
राखी प्रभो ! हृदयमा गर शान्त घाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३५।।
ती पद्म तुल्य अति कोमल शान्तिदायी;
श्रीपाद यो कठिन छाती विषे अड्याई
सम्पुर्ण हृद कलुष च्वाट उखेल आउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३६।।
छन् कृष्ण आश्रय भनी अब हात खुट्टा;
छाडी हिडे जगतको नगरेर वास्ता
जाउं म आज कसको पक्षमा बताउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३७।।
को दीन्छ नाथ बिनु यो अति दिनलाई;
यो विश्वमा र अब आश्रय हाई हाई
दासी भए हजुरमा अरू छैन दाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३८।।
सम्पुर्ण यो जगतका सुख राज्य कीर्ती;
बिर्साउने मधुर अमृत तुल्य वंशी
राखी प्रभो ! अधर पल्लबमा बजाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।३९।।
कहाँ म यो पतीत पामर क्षुद्र जीव;
कहाँ तिमी अखिल विश्व स्वरूप ईश
तै छु म ता पतीत पावन हौ उठाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४०।।
लागेर यो विषयमा अति मस्त साथ;
बिर्सें प्रभो ! हजुरको शुभ शान्ति गाथ
संझौं कसो ! सतत याद म मा दिलाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४१।।
यदा कदा विषय खाडलमा खसाल;
याद्वा सफा कमल पादमहाँ बसाल
तीम्रै छ आश्रय जगतबीच लुन आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४२।।
तीम्रा सरोज पदका नख कान्तिद्वारा;
पारी पुगे बीपद सागर भक्त सारा
पाउ कसो ? म अब दर्शन हौ दयालु
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४३।।
जो गर्छु काम म यहाँ आब ढोग साथ;
देखाउ मात्र छ प्रभो ! मन भित्र चाह
यस्तो कुकर्महरुबाट हरे बचाऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४४।।
झ्याम्मी पतंग जसरी अति बेग साथ;
जल्छ्न कडा ज्वलित दीपक भीत्र नाथ
त्यै तुल्य आज म जलूं प्रभु साथ आउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४५।।
हुँ कौमुदी हजुर इन्दु स्वरुप जानी;
खोज्छु म पाउदीन हा ! तर हेर्न काहीं
छू बन्द दी दरस पीर प्रफुल्ल आउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४६।।
हुँ लौ चकोर म ह बहौ प्रभु स्वच्छ चन्द्र;
तै छैन आज मवीष प्रभु स्वच्छ बीम्ब
बाँचौ कसो ? म अब झल्ल भई उदाँउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४७।
तिम्रो मनोहर सुधा सम पाउ छाडी;
लाएँ डुबुल्की बिषमा जग भित्र आई
पीयूष तुल्य पद दर्शन दि बचाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४८।।
त्यो वेणुको मधुर शब्द सुनेर सारा;
हुन्छन चराचर अहो अति मस्तवाला
भन्छन सुबिज्ञ तर पाइन सुन्न आउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।४९।।
हे कृष्ण ! केशव ! जनार्दन ! कटभारि;
हे नाथ ! हे पतितपावन ! हे मुरारी
आएर यो पतितलाई उंभो उठाउ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।५०।।
देवेन्द्रको सकल गर्व विनाश गर्ने;
मायी विरन्चिकन मोह विनाश गर्ने
गोपाल विग्रह लिई अब फेरि आऊ
हे ! कृष्ण शान्ति रसको सरिता बहाउ ।।५१।।
फाली सरोजपदका नख कान्तिद्वारा;
संसारका भ्रमणको तम क्लान्ती सारा
दासानुदास बिच लेखन नाम आउ
हे कृष्ण ! शान्तिरसको सरिता बहाऊ ।।५२।।
हे कृष्ण वृन्दाबनको बिहारी,
हे सत्यको सुन्दर रूप धारि
हे विश्वब्यापी त्रय ताप हारि,
उद्धार हाम्रो गर हे मुरारि ।।५३।।
🏵️🌸🌺🏵️🌺🌸🏵️