
संसारी मायाँ बिचित्र मरेर के पो लान्छ र
नगर ब्यर्थै लोभी मन छोडेर जान्छ ब्यर्थैको धन
आखिर एक पेट खानु छ हासी खुसी जिउनु छ
अधर्म कहिले न सोच्नु, सके पुण्य कमाउनु
अधर्म कहिले न सोच्नु, सके पुण्य कमाउनु
हरियाली रानीबन, सन्तोष राख्नु आफ्नै मन
नराम्रो कहिले नसोचौं, दुखको बिउलाई नछरौं
नराम्रो हुन्छ पापीको मन, नरमाउनु ब्यर्थै मन
लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन
लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन
मृत्युको चक्र छ लोकमा, जन्ममृत्यु यो लोकमा
अरुलाई आँखा नतर्नु, कु बिचारले न हेर्नु
माँयाले हेर्नू सबैलाई, शत्रु मित्र दुवैलाई
दुष्ट बिचार हटाउनु, ज्ञानी बनी मन जित्नु
दुष्ट बिचार हटाउनु, ज्ञानी बनी मन जित्नु
हिडौं शान्तिको बाटोमा, छोडी असत्य मार्गमा
उच्च राखौं आफ्नो मन, सत्य गरौं आफ्नोकाम
नजलाउनु हरियो बन, नरुवाउनु अरुको मन
सके सबको भलो सोचौं, कुभलो कहिले न सोचौं
सके सबको भलो सोचौं, कुभलो कहिले न सोचौं
बत्ती बालौं मन्दिरमा, पुण्य कमाउँने खातिरमा
शुद्ध मनले ध्यान गरौं, सत्यको बाटोमा मन डोर्याउँ
बाटोमा काँढा हटाउँ, सुन्दर फ़ूल फ़ुलाउँ
मान्छेमा भेद-भाव नगरौं, कु-बिचारलाई सुधारौं
मान्छेमा भेद-भाव नगरौं, कु-बिचारलाई सुधारौं
वैगुणीलाई गुण गर्नु, रिस राग फ़ाल्दिनु
नदिनु दु:ख कसैलाई, धनि गरिब दुवैलाई
बिचार ठूलो लिएर, सबलाई माया गरेर
अमुल्य बन्छ जीवन यो, राम्रो काम गरेर
अमुल्य बन्छ जीवन यो, राम्रो काम गरेर
हिरामोती भन्दा महंगो यो, अमुल्य छ है जीवन यो
संसार छ है बिचित्र, राम्रो सोचौं मन भित्र
मनमा धर्म भरेर, हिडौं धर्म गरेर
गरौं मनलाई फ़ूल जस्तो, पूर्णीमाको जून जस्तो
गरौं मनलाई फ़ूल जस्तो, पूर्णीमाको जून जस्तो
शरिर पापले भरेता, जादैन सागर तरेर
सङ्लो राख्नु जल जस्तो, नपार्नु धमिलो हिलो जस्तो
सोच्नु हुन्न अधर्म, मनमा राख्नु सत्कर्म
धर्मले गर्छ सबको हित, ईश्वर सित लाउँनु मित
धर्मले गर्छ सबको हित, ईश्वर सित लाउँनु मित
पञ्च त्वत्वले बनेको, खै कस्तो मान्छेको शरिर यो
कुन दिन मर्छ थाहा छैन, मरेर जन्मिने हो की हैन
यस्तो मान्छेको चोलामा, मनलाई राखौं धर्ममा
शरिर त एक दिन मर्नु छ, ढुँगा माटोमा मिल्नु छ
शरिर त एक दिन मर्नु छ, ढुँगा माटोमा मिल्नु छ
आत्मा त उडेर गै जान्छ, पाप लोभ भई रहन्छ
उडेर जाने त्यो आत्मा, पुगिन्छ कुन्नी कुन ठाउँमा
शरीर त आगोले खाईजान्छ, खरानी पो भै जान्छ
धर्म गरे स्वर्गमा, पाप गरे नर्कमा
धर्म गरे स्वर्गमा, पाप गरे नर्कमा
शरीर हाम्रो बोट जस्तो, मक्केर जाने ढोढ जस्तो
शरीर त जान्छ ढलेर, आत्माले जान्छ छोडेर
आफन्तको रुवाबास, आखिरमा खरानीको रास
यमदुत संग जोड्यौ मित, मृत्यु संग हुदैन जित
यमदुत संग जोड्यौ मित, मृत्यु संग हुदैन जित
यो मान्छेको आत्मामा, पुण्य र अमृत भरे मा
सुन्दर मान्छेको आत्मा त पुगिन्छ स्वर्ग द्वारीमा
आफ्नो धर्मको कर्मले, काटिन्छ पाप पुण्यले
मनमा धर्म भरेर, जानोस स्वर्ग तरेर
मनमा धर्म भरेर, जानोस स्वर्ग तरेर
आत्मा उडि गइ गयो, हावा सरि भइ गयो
कुन बेगमा उडेर, कुन बेगमा पुगियो
धर्मले लान्छ स्वर्गमा, पापले लान्छ नर्कमा
धर्मको बाटो अंगालौं, जून तारा झैं बनौं
धर्मको बाटो अंगालौं, जून तारा झैं बनौं
बोटमा फलेक फल जस्तो, आमाले जन्म दिएको
सबैको जन्म यो भुमी, बुद्धको जस्तो यो जुनी
पुण्य कमाउ धर्ममा, यस्तो मान्छेको चोलामा
सबैमा धर्म फैलाउ, जन्म सिद्धी गराउँ
सबैमा धर्म फैलाउ, जन्म सिद्धी गराउँ
यस्तो हाम्रो चोलामा, दुधले भरौं तन मनमा
दूराचारी फ्यालेर, सदाचारी बनौंन
सत्यलाई अंगालौं, मित्र भाव बडाउँ
ॐ ॐ जप गर्दै, दैव लोक पुगौं न
ॐ ॐ जप गर्दै, दैव लोक पुगौं न
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song Title - Sansari Maya Bichitra
Vocal/Music - Chandra Kumar Dong
Lyrics/Producer - Ratna Lama Ghising
Company - Rainbow Rays Music Pvt. Ltd.
Direction - Mitra Tamang
Editor - Prem Sharma Poudel
Copyright Provided By Ratna Bahadur Tamang
© Highlights Nepal Pvt. Ltd.