%20%20RADIO%20NEPAL.webp)
(दुर्गे देउ भक्ति मलाई) २
दुर्गे देउ भक्ति मलाई
(दिन दु:खीको सेवा हरदम) २
गर्न सकुँ मन लाई
दुर्गे देउ भक्ति मलाई
दुर्गे……
(पलपल जीवन करुणामय होस पर सेवामा आई) २
(आफु स्वयं पनि मुक्त बनुं प्रभु) २
अरुको मुक्ति गराई
दुर्गे देउ भक्ति मलाई
दुर्गे……
(तिम्रै मन्दिर हो यो दुनियाँ को र यहाँ पराई) २
(प्राणी मात्रको गरुँ म सेवा) २
सम्झि प्यारा भाई
दुर्गे देउ भक्ति मलाई
दुर्गे……
(तिम्रै रूपमा देख्न सकुं प्रभु दिन दु:खि सबलाई) २
(प्रभुकै सेवा सुधा पिएर) २
बांच्न सकु म रमाई
दुर्गे देउ भक्ति मलाई
(दुर्गे देउ भक्ति मलाई) २
(दिन दु:खीको सेवा हरदम) २
गर्न सकुँ मन लाई
दुर्गे देउ भक्ति मलाई
दुर्गे……