हृदय बाट अञ्जुलीमा (Hridaya baata anjuli ma)

Hridaya baata anjulima - gopal vasista

हृदय बाट अञ्जुलीमा भाव र भक्तीको पुष्प लिएर आयौं
हृदय बाट अञ्जुलीमा भाव र भक्तीको पुष्प लिएर आयौं
अपनाई देउ हे दुर्गे माता हामी तिम्रै शरणमा आयौं
हामी तिम्रै शरणमा आयौं

फलफुल भेटी अर्घ्य चडाई गर्छौं पूजा तिम्रो
दु:ख र कष्ट हरण गरिदेउ हे ! दुर्गा माता हाम्रो
हे.....मा.... हे.....मा.... हे......मा.......
फलफुल भेटी अर्घ्य चडाई गर्छौं पूजा तिम्रो
दु:ख र कष्ट हरण गरिदेउ हे ! दुर्गा माता हाम्रो
हृदय बाट अञ्जुलीमा भाव र भक्तीको पुष्प लिएर आयौं
भाव र भक्तीको पुष्प लिएर आयौं

दानवहरुको नष्ट गरेर शक्तिको रूप देखायौ
मानवहरुको उद्धार गरेर शान्तीको दीप जलायौ
हे.....मा.... हे..... मा.... हे....... मा.......
हृदय बाट अञ्जुलीमा भाव र भक्तीको पुष्प लिएर आयौं
अपनाई देउ हे दुर्गे माता हामी तिम्रै शरणमा आयौं
माता हामी तिम्रै शरणमा आयौं

*******

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post