
गुरु कै चरण मेरो काशी प्रयाग
सदा चरणको बास मिलोस
ब्रजराजको मुरली धुन त्यो
मनमा सदा मेरो गुन्जी रहोस
गुरु कै चरण मेरो काशी प्रयाग
सदा चरणको बास मिलोस
गुरु कै चरणको चरणामृतले
सकल शरीर यो भिजी रहोस
कृष्ण नामको माला जपि जपि
अन्त समयमा प्राण छुटोस
गुरु कै चरण मेरो काशी प्रयाग
सदा चरणको बास मिलोस
प्रेमको बाती बन्न सकुँ प्रभु
ज्ञानको ज्योति बलि रहोस
भक्त हामी प्रभु चरणको दासी
कृपा दृष्टि सधै रहि रहोस
गुरु कै चरण मेरो काशी प्रयाग
सदा चरणको बास मिलोस
सदा चरणको बास मिलोस
सदा चरणको बास मिलोस
🏵️🌸🌺🏵️🌺🌸🏵️
Nepali Bhajan - Gurukai Charan Mero
➤ Singer – Dharmadas Budhathoki
➤ Music – Dharmadas Budhathoki
➤ Lyrics – Shyam Das Kharel
Tags
Guru Bhajans
Nepali Bhajan Lyrics
Nepali Bhajans
Pt. Dharmadas Budhathoki (Shastri)
नेपाली भजन Lyrics