हे सरस्वती विद्या कि खानी (Hey Saraswati Bidhya Ki Khani)

हे सरस्वती विद्या कि खानी, Hey Saraswati Bidhya Ki Khani, Saraswati Mata Bhajans

🏵️🌸🌺🏵️🌺🌸🏵️

हे सरस्वती विद्याकी खानि हजुरलाई नमस्कार
(हृदय बाट स्तुति गर्छु मातालाई बारम्बार) २

साधना गर्छु स्वरलाई सधै मातालाई सम्झेर
(अर्पण गर्छु श्रद्धा र भक्ती यहि स्वरले गाएर) २

हे सरस्वती विद्याकी खानि हजुरलाई नमस्कार
(हृदय बाट स्तुति गर्छु मातालाई बारम्बार) २

बिध्यार्थी सबै पुकार गर्छन नाम यो जपेर
(शारदा नाम सरस्वती नाम सधैँ नै भजेर) २

हे सरस्वती विद्याकी खानि हजुरलाई नमस्कार
(हृदय बाट स्तुति गर्छु मातालाई बारम्बार) २

हृदय ज्ञान कण्ठ र प्राण गर्दछु अर्पण
(विद्या र बुद्धि स्वरको सिद्धी गरि दिनु अर्पण) २

हे सरस्वती विद्याकी खानि हजुरलाई नमस्कार
(हृदय बाट स्तुति गर्छु मातालाई बारम्बार) २
मातालाई बारम्बार
मातालाई बारम्बार

🏵️🌸🌺🏵️🌺🌸🏵️

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post