
नम: शिवाय नम: शिवाय नम: शिवाय नमो नम:
हर हर हर हर महादेव हर हर हर हर महादेव
कैलाश सधैं जगमगाउछ शिवजीको वासले
पृथ्वी सधैं मगमगाउछ उनकै सुवासले
हेर हेर हाम्रा शिवजी रमेका डमरुको मिठो धुनले
नम: शिवाय नम: शियाव……
बाघको छाला कम्मरमा त्रीशुल एउटा हातमा
नागको माला गलामा पार्वती छन है साथमा
हेर हेर शिव धपक्क बलेका शिरको अर्ध जूनले
नम: शिवाय नम: शियाव……
त्रीनेत्र धारी शिवजी देवहरुका देव तिमी
कण्ठमा विष लिएर भक्तको उद्धार गर्ने तिमी
हेर हेर हाम्रा शिवजी झुमेका भक्तीको सद्गुणले
नम: शिवाय नम: शियाव……
🏵️🌸🌺🏵️🌺🌸🏵️