यमुनाको चिसो पानीले (Yamunako Chiso Panile)

यमुनाको चिसो पानीले Yamunako Chiso Panile


हे ! गाउँ घरका (नरनारी मिलेर)-२
भजन गरौं सत्संग सुनेर
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

गाउँ घरका नरनारी मिलेर
भजन गरौं सत्संग सुनेर
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

[समय गुमाई पछुतो मात्र हो गरौं है किर्तन
आफ्नु जीवन ब्यर्थैमा नफालौं मन लगाउं सत्संगमा]-२

हे ! वृन्दाबनमा (राधा र कृष्ण छ्न)-२
खोजी गरे गोकुलमा लाने छन्
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

[ब्यर्थै हामी गर्दछौं घमण्ड ब्यर्थै यो उमंग
दिनदिनै ऐना त हेर्दछौं गई सक्यो रूपरंग]-२

हे ! नारायण (भजौं न सबैले)-२
बैकुण्ठमा लाने छन उनैले
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

[राधे श्याम जपौं है सबैले नमानी सरम
परलोक जाँदा लानु छ कोशेली धरम करम]-२

हे ! जीवन हाम्रो यसै नै बित्ने भो
भजन बिना कलियुगले जित्ने भो
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

हे ! गाउँ घरका (नरनारी मिलेर)-२
भजन गरौं सत्संग सुनेर
यमुनाको चिसो पानीले
[सुध्रिने छ हाम्रो यो जीवन भजन गर्ने राम्रो बानीले]-२

🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Song -
Singer - Gopal Vasista
Lyrics /Music - Pt. Narayan Prasad Khatiwada
Album -

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post