
भगवानलाई म भेट्न आउदैछु,
रातदिन सत्संगमा धाँउदछु
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गाउन लाई
हरि हामीलाई तपोबल दिनुहोस्
प्रभु हामीलाई शरणमा लिनुहोस
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गाउन लाई
सत्य रहेछ अखण्ड दरबार
झुठो रहेछ संसारी घरबार
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गाउन लाई
एकदिन पक्कै मरेर जानु छ
बिचार गर साथमा के लानु छ
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गाउन लाई
ब्यर्थै भन्छौ तेरो र मेरो
आखिरमा न तेरो न मेरो
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गाउन लाई
मन्दिरमा बसेर भजन गाउन लाई
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song - Bhagawanlai Ma Bhetna Audaichhu
Singer - Gopal Vasista
Lyrics - Pt. Narayan Prasad Khatiwada
Music - Dhurba Acharya
Album -
@Sargam Music Studio