कति राम्रो त्यो वृन्दाबन (Kati Ramro Tyo Brindaban)

Kati Ramro Tyo Vrindabana


Lyrics:

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

वृंदावनको झिलिमिली कृष्णजीको दर्शन
कृष्णजीको दर्शन गर्ने पापी पनि तर्छन्

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

पहिलो दर्शन बिहारको, पछि रंगनाथ
यमुनामा स्नान गर्नु, गर्नु भक्ति साथ

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

राधा कुंड श्याम कुंड गिरी गोवर्धन
बंशी बज्यो मधुर मधुर सोही वृंदावन

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

माखन चोर्यो मिश्री चोर्यो, दहि सबै चोर्यो
सबै थोक चोरी सक्यो, प्राणै पनि चोर्यो

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

गाइ बाछा लि प्रभु जान्थे बन बन
गोपिनीको प्रेम ठुलो रून्थे मन मन

कति राम्रो त्यो वृंदावन, सल ल ल बगेकी यामुना
उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ रहर

----------
Song Credits:
Song - Kati Ramro Tyo Brindaban
Singer - Unknown
Lyrics - Unknown
Music -
Album -

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post