Aama Paindaina - आमा पाइदैन

Thumbnails of song_title from YouTube

Lyrics:

दुनियाँमा कुन चिज हो यँहा पाइदैन
सबथोक पाइन्छ भाई बहिनी हो आमा पाइदैन

नौ महिना दस दिन गर्भमा राखिन कष्ट सहेर
जन्म दिईन प्रसुती कालको पिडा सहेर

दुनियाँमा कुन चिज हो यँहा पाइदैन
सबथोक पाइन्छ भाई बहिनी हो आमा पाइदैन

पाँच वर्ष सम्म पिठ्युँमा बोकिन दासि भएर
अंगुली पकडि हिड्न सिकाइन लड्छ भनेर

दुनियाँमा कुन चिज हो यँहा पाइदैन
सबथोक पाइन्छ भाई बहिनी हो आमा पाइदैन

चिसोमा सुति तातोमा सुताइन चिसो लाग्छ भनेर
बुढेसकालमा सियार सुसार गर्छ भनेर

दुनियाँमा कुन चिज हो यँहा पाइदैन
सबथोक पाइन्छ भाई बहिनी हो आमा पाइदैन

भगवान पनि पाइन्छ परे गुरु चरणमा
जन्म दिने आमा पाइन्दैन यो जगतमा


------------
Song Credits:
Song - Aama Paindaina - आमा पाइदैन
Album - Bhajan Shesmani
Singer - Gopal Vasista
Lyrics -
Music -


SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post