
🏵️🌸🌺🏵️🌺🌸🏵️
जय शिव शंकर भोला नाथ
जय शिव शंकर भोला नाथ
त्रिभुवन स्वामि अन्तरयामी
शरण सदा लिनु होला
शरण सदा लिनु होला
जय शिव शंकर भोला नाथ
बाम काखमा दयिता गौरी कटिमा मृगपति छाला
बाम काखमा दयिता गौरी कटिमा मृगपति छाला
नागहरुका बाजु र बाला नागैका सब माला
जय शिव शंकर भोला नाथ
चन्द्र मुकुटमा झलमल गर्ने शिरमा निर्मल गंगा
चन्द्र मुकुटमा झलमल गर्ने शिरमा निर्मल गंगा
करमा डिमीडिमी डमरु बजेको माथ मनोहर नंगा
जय शिव शंकर भोला नाथ
तिन नयनमा तिन थरि ज्योति जगमग गर्छ्न भारी
तिन नयनमा तिन थरि ज्योति जगमग गर्छ्न भारी
हरघडी हाजिर चरणकमलमा ब्रह्मा इन्द्र मुरारी
जय शिव शंकर भोला नाथ
जानी नसक्नु महिमा प्रभुको ऋषीमुनिले सब सारा
जानी नसक्नु महिमा प्रभुको ऋषीमुनिले सब सारा
पाउँ चरण मुनी लुकी झुकी बिचरो गर्दछ आर्त पुकार
जय शिव शंकर भोला नाथ
जय शिव शंकर भोला नाथ
त्रिभुवन स्वामि अन्तरयामी
शरण सदा लिनु होला
चरण सदा दिनु होला
जय शिव शंकर भोला नाथ
जय शिव शंकर भोला नाथ...
🏵️🌸🌺🏵️🌺🌸🏵️