
🏵️🌸🌺🏵️🌺🌸🏵️
जय जगदम्बे माता हो जय जगदम्बे माता
सच्चा सेवक भक्तजनको सुख सम्पत्ति दाता ।
जै जगदम्बे...
वाहन तिम्रो सिंह भएकी खड्ग त्रीशुल धारी
चतुर्भुजको रक्षा गर्यो मधु र कैटभलाई मारी
दुष्टजनको ध्वंस पार्ने भक्तधारिणी माता ।
जै जगदम्बे...
अधम दुष्ट महिषासुरलाई चक्कना चूर पारी
देवगणको रक्षा गर्यो शुम्भ निशुम्भलाई मारी
गर्छौं हामी पूजन तिम्रो गौछौ हामी गाथा !
जै जगदम्बे...
सारा जगतकी माता तिमी करुणा की खानी
उद्धार गर माता हाम्रो प्रीय भक्त जानी
आयौं हामी शरणमा तिम्रो जोडी दुवै हात
जै जगदम्बे माता...
🏵️🌸🌺🏵️🌺🌸🏵️