
🏵️🌸🌺🏵️🌺🌸🏵️
जगतकी आमा तिमी भवानी
शिवकी प्यारी भगवती
(राग द्वेषको भाव पखाली) २
नरहोस मनमा (सोंच रत्ति) २
जगतकी आमा तिमी भवानी
(गर्छु पुकारा सदा म तिम्रो सद भक्ती पाँउ त्यो पाउको) २
कामक्रोध र लोभ ममताले बाटो भुल्याउँछ सदभक्ती को
मेरो शत्रुहरु नाश गरी सब देउ न मलाई शुद्ध मती
(राग द्वेषको भाव पखाली) २
नरहोस मनमा (सोंच रत्ति) २
जगतकी आमा तिमी भवानी
(भक्तहरुको रक्षा खातिर रूप भयो तिम्रो कालीको) २
हरिदेउ प्रभु संकट जति छ्न नाश गरि सब दानवहरुको
विषयमा भुली भक्ती नगर्ने बटुली हिड्छन पाप जति
(राग द्वेषको भाव पखाली) २
नरहोस मनमा (सोंच रत्ति) २
जगतकी आमा तिमी भवानी
शिवकी प्यारी भगवती
(राग द्वेषको भाव पखाली) २
नरहोस मनमा (सोंच रत्ति) २
जगतकी आमा तिमी भवानी.........
🏵️🌸🌺🏵️🌺🌸🏵️