नौनी माखन चोरेको किन (Nauni Makhan Choreko Kina)

नौनी माखन चोरेको किन (Nauni Makhan Choreko Kina)

🏵️🌸🌺🏵️🌺🌸🏵️

नौनी माखन चोरेको किन जोरीपारी दुनियाँ हँसाउन

नौनी माखन चोरेको किन जोरीपारी दुनियाँ हँसाउन-३
हे जोरीपारी दुनियाँ हँसाउन-२

ओखलीमा बाधी रन्छु कैहिले फुकाउदिन-२
आज देखी काले तँलाई कतै जान दिन्न-२
आँखा भरी आशु नै पारेर बसे कृष्ण मातालाई हेरेर-२
हे बसे कृष्ण मातालाई हेरेर-२

कृष्ण भन्छन माताजीका पाउ समातेर-२
आँखा बाट मोती जस्ता आँशु खसालेर-२
हजुर सामु खाई दिन्छु कसम छैन मैले चोरेको माखन-२
हे छैन मैले चोरेको माखन-२

हाम्रा घर आउन मन लाग्छ गोपिनीलाई-२
चोरी गर्‍यो भनी उजुर गर्छ्न हजुरलाई-२
गोकुलका गोपिका ती सबै कृष्ण भेट्दा खुसहुन्थे चौपट्टै-२
हे कृष्ण भेट्दा खौस हुन्थे चौपट्टै-२

माताजी म हजुरको पुत्र हैन कसो२-
त्यसैले त हजुरले गाली गरि बक्स्यो-२
श्याम आज मधुरो स्वरैले रुन लागे मनको पीरैले-२
हे रुन लागे मनको पीरैले-२

कृष्णजीको बात सुनी यसोदा माताले-२
उठाएर काखमा लिईन अति नै मायाले-२
जीत आफ्नु सम्झेर कृष्णले मुस्कुराए कलिला ओठैले-२
हे मुस्कुराए कलिला ओठैले-२

नौनी माखन चोरेको किन जोरीपारी दुनियाँ हँसाउन-२
हे जोरीपारी दुनियाँ हँसाउन-२
हे जोरीपारी दुनियाँ हँसाउन-२
हे जोरीपारी दुनियाँ हँसाउन

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post