.png)
शरणमा आए म हे अम्बे भवानी
सुख र शान्तिको देउ वरदान
गर्छु म हे आमा तिम्रै गुणगान
जै माता भनेर
चरण परेर गर्छु पुकार,
यो दुखी भक्तको गर्देउ उद्धार
यो सारा जगतको हौ तिमी शक्ति,
गर्न म पाउँ चरणको भक्ती
किर्तन गरेर
तिम्रै आश गरेर बसेको छु म,
यो दुखी सागरमा फसेको छु म
हे सिंहवाहिनी दर्शन पाएर,
सफल होस् जिन्दगी तिम्रै गुण गाएर
जौं पार तरेर