नटराजाले नाच नचाउँछ (Natrajle Naach Nachauchhan)


नटराजाले नाच नचाउछ डम डम डमरुको तालमा
भुली रहेछ यो जग सारा शिव कै माया जालमा

हेर्दछन जो बाहिरी नजरले सत्य त्यसैलाई ठान्छ्न
आफ्नै मनको माकुरी जालमा फसि सबै तड्पिन्छन

सबत्जोक मेरो मै हुं मालिक भनी कति फुर्किन्छन
जगतको यात्री यात्रै न बुझी आखिर घर फर्किन्छन

हेर्दछन जो मनको आखाले गहिराईमा पुग्दछन
तेस्रो आखाको दिब्य दृस्टीले संसारलाई देख्दछन

सब हो शिवको शिव नै मालिक भन्ने जो बुझ्दछन
प्रेम पुजारी भोले नाथ झैं जीवन यो जुलिउदछन

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post