के लिएर आयौं हामीले (Ke Liyera Aayau Hamile)

Gopal Vasista Nepali Bhajan


के लिएर आयौं हामीले के नै पो लिएर जानु छ
के लिएर आयौं हामीले के नै पो लिएर जानु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ

सुन र चाँदी हिरा र मोती के गर्नु धनले
बाँचुन्जेल सम्म हरि नाम जपौं पार पाउछ तनले
तेरो र मेरो सानो र ठुलो न गरौं भेद भाव
प्राणी जगतका सबै एउटै ईश्वर कै सन्तान
के लिएर आयौं हामीले के नै पो लिएर जानु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ

संसार डुल्यौँ मोहमा भुल्यौ दम्भ नै छुटेन
मन थ्यो चंगा अहिले भो भंग आशा नै टुटेन
प्रभुको नाम जपौं है सधै दिन औ रातमा
नामको जपले पूग्ने छौं हामी प्रभु कै साथमा
नामको जपले पूग्ने छौं हामी प्रभु कै साथमा

के लिएर आयौं हामीले के नै पो लिएर जानु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ
माटो को कण मानव जीवन माटो मै मिल्नु छ
🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Bhajan - के लिएर आयौं हामीले (Ke Liyera Aayau Hamile)
Singer - Gopal Vasista
Lyrics - Gopal Vasista
Music - Bikram Sri Bastola
Album -

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post