धुन बज्यो धुन बज्यो (Dhun Bajyo Dhun Bajyo)

Dhun bajyo Dhun bajyo pakkai krishna hun


🏵️🌸🌺🏵️🌺🌸🏵️

धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन-२
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

बृन्दाबनमा खोज्दै आँए गाई रचाउनेलाई हो-२
यमुनामा हेर्दै आँए रास रचाउनेलाई हो-२
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

चन्द्रमाले लुकायौ कि मेरो कृष्णलाई हो-२
पवनले उडायो कि राधेश्यामलाई हो-२
आउन कृष्ण जी मनका पूजारी
मन उड्यो कृष्णजीलाई भेटौँ कसरी?-२
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

हृदयमा दम रुक्यो तिमीलाई सम्झदा हो-२
दिन बिने रात बिते बहोस हुँदा हुँदा हो-२
लुक्नुभो कृष्णजी भेटुँ कसरी?
मन उड्यो कृष्णजीलाई भेटौँ कसरी?-२
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

जहिले हामीलाई हतार हतार जहिले हामीलाई काम हो
मर्ने बेला भई सक्यो कहिले जप्ने राम?
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन-२
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन-२

🏵️🌸🌺🏵️🌺🌸🏵️

धुन बज्यो धुन बज्यो (Dhun Bajyo Dhun Bajyo)

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post