संसार सागर तर्नलाई प्रभुको नाम मात्र साँचो छ

प्रभुको भजन गर्नलाई मनुष्य चोलाको खाँचो छ

चौरासी लाख घुमेर मनुष्य चोला पाएर
चौरासी लाख घुमेर मनुष्य चोला पाएर
यो चोला हामी सपारौं भजन किर्तन गाएर
यो चोला हामी सपारौं भजन किर्तन गाएर
यो चोला छोडी जानु छ प्रभुको वैकुण्ठ धामैमा

सत्संग गर्न छोडेर न भूलौं संसारी कामैमा
सत्संग गर्न छोडेर न भूलौं संसारी कामैमा
धन दौलत भाई बन्धु सबै नै एकदिन त छोडेर जानुछ
प्रभुको नामको कोशेली साथमा लिएर जानु छ

मनुष्य भई जन्मेर पाप कर्म हामी नगरौं
मनुष्य भई जन्मेर पाप कर्म हामी नगरौं
सतसंग अमृत पिउनलाई एक जुट भएर लौ बसौं
सतसंग अमृत पिउनलाई एक जुट भएर लौ बसौं
संसार सागर तर्नलाई प्रभुको नाम मात्र साँचो छ
संसार सागर तर्नलाई प्रभुको नाम मात्र साँचो छ
प्रभुको भजन गर्नलाई मनुष्य चोलाको खाँचो छ
प्रभुको भजन गर्नलाई मनुष्य चोलाको खाँचो छ
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song - Sansara Sagar Tarnali
Singer - Gopal Vasista
Lyrics - Ghanashyam Khanal