शंकर भोले बम बम बम (Shankar Bhole Bam Bam Bam)

शंकर भोले बम बम बम (Shankar Bhole Bam Bam Bam)


धतुरो खाएर भस्म लगाउने ।
हातमा त्रीशूल शिरमा गंगा कति सुहाउने
हे ! भोले नाथ तिमी दयाका खानी
भक्तको दुखलाई हर्छौ आफ्नै दुख मानी
शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न पशुपति जाम
दर्शन गर्न पशुपति जाम

शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न पशुपति जाम
दर्शन गर्न पशुपति जाम

बागमती तिरैमा शिवको धाम
बागमती तिरैमा शिवको धाम
पशुपति नाथ आहै क्या राम्रो नाम
वेल पत्र लिएर दर्शनलाई जाउँ
भोग लगाएर प्रसाद खाउँ
बम बम बम
शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न पशुपति जाम
दर्शन गर्न पशुपति जाम

हरिहर मन्दिर देव घाटैमा
हरिहर मन्दिर देव घाटैमा
नम: शिवाय जपि जाउँ है बाटैमा
शिवजीको धाम संगम तिर
इच्छा पुरा हुन्छ नमान है पिर
बम बम बम
शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न देवघाट जाम
दर्शन गर्न देवघाट जाम

कालि गंगा तिरैमा शंकर बसेका
कालि गंगा तिरैमा शंकर बसेका
शिरमा छन गंगा र भस्म घसेका
बिराट शालिग्रामको दर्शन पाउँ
गण्डकी नुहाउन सेतीवेणी जाउँ
बम बम बम
शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न सेतीवेणी जाम
दर्शन गर्न सेतीवेणी जाम

विष पान गरेर सृष्टि बचाए
विष पान गरेर सृष्टि बचाए
दुष्ट र पापीलाई दुन्छ्न सजाय
डमरु बजाएर नृत्य गरेका
असंख्य भक्तहरु शरण परेका
बम बम बम
शंकर भोले बम बम बम
शंकर भोले बम बम बम
दर्शन गर्न त्रीवेणीमा जाम
दर्शन गर्न त्रीवेणीमा जाम

दर्शन गर्न पशुपति जाम
दर्शन गर्न देवघाट जाम
दर्शन गर्न सेतीवेणी जाम
दर्शन गर्न त्रीवेणीमा जाम
दर्शन गर्न बरोहमा जाम
दर्शन गर्न ऋडिधाम जाम
दर्शन गर्न मुक्तिधाम जाम
🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Nepali Bhajan - Shankar Bhole
➤ Singer – Pandit Ishwor Krishna Bhurtel
➤ Lyrics – Pandit Ishwor Krishna Bhurtel
➤ Music – Bishnu Bhurtel
➤ Editor – Bishnu Sharma
➤ Camera – Madhur Basnet
➤ Director – Shankar BC

SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post