"सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥"

सरस्वती पूजा ज्ञान, संगीत, कला र विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन हो । यो विशेष रूपमा विद्यार्थीहरू, शिक्षकहरू, कलाकारहरू तथा बौद्धिक कर्ममा संलग्न व्यक्तिहरूका लागि महत्त्वपूर्ण मानिन्छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। यस दिन विद्यालय, मठमन्दिर तथा घरघरमा देवी सरस्वतीको मूर्ति वा चित्र स्थापना गरी पूजा, आराधना तथा भजन कीर्तन गरिन्छ। विशेष रूपमा विद्यार्थीहरूले आफ्ना किताब, कापी, कलम र वाद्ययन्त्रहरू देवीको चरणमा अर्पण गरी विद्या तथा बुद्धिको वरदान प्राप्त गर्ने आशा राख्छन्। साथै, यो दिन बालबालिकालाई अक्षरारम्भ गराउने राम्रो अवसर मानिन्छ।