
[हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला]-२
हे ! कृष्ण....
[कसरी बन्शीले त्रीलोक थर्काई दिन्छौ
तपस्वी ज्ञानीको आसन डगाई दिन्छौ]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
[बन्सीको महिमा बुझ्दैनौ तिमी राधा
योगी र ध्यानीको ध्यानमा पार्छ बाधा]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
[बाँसको टुक्राको महिमा के पो हुन्छ
हामीले शिवाय अरुले कहाँ सुन्छ]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
[ईन्दादी देवता सबैको सेखी झार्छ
ब्रह्मादी त्रीदेव मोहित यस्ले पार्छ]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
[सुरीलो तानको मोहनी कस्तो राग
सुनेर यी कुरा चकित भए आज]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
[हे ! प्यारी यसैले गोपिनी डाकी ल्याउँछ
ज-जसले यो सुन्छ तुरुन्त यहाँ आउँछ]-२
हे कृष्ण मलाई मिठो वंशी सुनाई देउन
तिमीलाई मात्रै होइन त्रीलोकै थर्काई दिउँला
हे ! कृष्ण....
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song - Hey Krishna Malai Mitho...
Singer - Raju Adhikari
Lyrics - Premdas Uprety
Music -
Album -
Recording Studio - National Sound Digital Record