आँखा खोल शंकरजी (Aakha Khola Shankhar Ji)

Thumbnails of Aakha Khola Shankhar Ji from YouTube

Lyrics:

आखा खोल शंकर जी आखा खोल न
मुसुक्क हाँसेर बोल्ने भए केहि त बोलन

चौरासीमा घुम्दै आयौं मनुष्यको चोला
यो जुनीमा कत्ति धेरै पाप गर्यौं होला
जति हाम्रा पाप भए सबै माफ गर
मेरो अरु कोही छैन तिम्रै मात्र भर ।
आँखा खोल...

उमेर छँदा तागत हुँदा केही मानिन मैले
वेद पूराण धर्म शास्त्र केही मानिन
बल्ल आज थाहा पाए भुल भएछ
मायाँ जालमा अल्झि बस्दा बेला गएछ ।
आँखा खोल...

काम बित्यो भन्दा भन्दै फुर्सद पाईन मैले
मन्दिरमा दर्शन गर्न कहिले आईन
उमेर पनि ढल्दै गयो बल्ल थाहा पाँए
रछे गर बमबम भोले शरणमा आएँ ।
आँखा खोल...


------------
Song Credits:
Song - Aakha Khola Shankhar Ji
Album -
Singer - Gopal Vasista
Lyrics - Jivan Parajuli
Music - Jivan Parajuli


SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post